Section 12
कार्यकारी परिषद्को गठन

(१) विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न देहायका सदस्यहरू भएको कार्यकारी परिषद् हुनेछः–

(क) उप–कुलपति अध्यक्ष

(ख) डीनहरू मध्येबाट एक जना सदस्य

(ग) सभाका सदस्य रहेका क्याम्पस प्रमुखहरू मध्येबाट एकजना सदस्य

(घ) सभाका सदस्यहरू मध्येबाट एकजना शिक्षक समेत रहने गरी तीन जना सदस्य

(ङ) रजिष्ट्रार सदस्य–सचिव

(२) उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरूको मनोनयन उप–कुलपतिको सिफारिशमा कुलपतिबाट हुनेछ ।

(३) मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।

(४) कुनै कारणले मनोनीत सदस्यहरूको पद रिक्त भएमा बाँकी अवधिको लागि उपदफा (२) बमोजिमको प्रकृया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।

(५) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि कार्यकारी परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।